हुलाकी न्यूज, १२ मंसिर । सप्तरीमा गत साता आन्दोलनका क्रममा प्रहरीको गोलीबाट ज्यान गुमाएका तीन र भाग्ने क्रममा करेण्ट लागेर मृत्युभएका एक जनाको शनिवार शव यात्रा निकालिएको छ ।

वीरेन्द्र राम, नागेश्वर यादव, दिलिप साह र शिवशंकर दासको शनिवार राजविराजमा शवयात्रा निकालिएको हो । चारै जनाको शव पोष्टमार्टमपश्चात् आफन्तजनलाई बुझाइएपछि शवयात्रा निकालिएको हो ।

मृतकहरूलाई शहीद घोषणा, क्षतिपूर्ति तथा घाइतेहरूको उपचार खर्चका लागि सरकारले आवश्यक प्रक्रिया पु¥याउन ढिलाइ गरेका कारण सात दिनदेखि पोष्टमार्टमसमेत हुन सकेको थिएन । जिल्ला सुरक्षा समन्वय समिति सप्तरीले मृतक चारै जनालाई शहीद घोषणा गर्न सिफारिस गरेपछि मधेशी मोर्चा तथा मृतक आफन्त शव बुझ्न तयार भएका हुन् ।

शव यात्रामा हजारौं मानिसको सहभागिता थियो । त्यसक्रममा श्रद्धाञ्जली दिनका लागि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव, सद्भावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष विकास तिवारी, पूर्वमन्त्री मृगेन्द्रकुमार सिंह यादव, माओवादी मातृकाका केन्द्रीय सदस्य महेश यादवलगायत सयभन्दा बढी नेता राजविराज पुगेका थिए ।

शवयात्रा राजविराज हु“दै रुपनी, कल्याणपुर, कुशहा र सिरहाको लहान हु“दै पुनः भारदह, हनुमाननगर, मन्सापुरलगायत स्थान पुग्ने कार्यक्रम छ । चारै जनाको आजै बेलुका अन्तिम संस्कार गरिनेछ ।  संघीय प्रदेशको सीमाङ्कनको विरोधमा भएको आन्दोलनका क्रममा गत शनिवार र आइतवार भारदह, रूपनी र राजविराजमा प्रहरीको गोली लागेर तीन जनाको मृत्युभएको थियो । एक जनाको भने भाग्ने क्रममा जिल्ला प्रशासन कार्यालयको सुरक्षार्थ करेण्ट लगाएर राखिएको का“डे तारमा अल्झेर ज्यान गएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.