हुलाकी न्यूज ,राजविराज : मानवअधिकार तथा सामाजिक न्यायको अभियानमा महत्वपूर्ण योगदान पु¥याएकामा सप्तरीको दुई अभियानकर्मीलाई आज वैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट सम्मानित गरिएको छ ।

२९औँ प्रकाश स्मृति दिवसका अवसरमा राजविराजमा आयोजित कार्यक्रममा राजविराज–७ का अनिता देवकोटा र खडक नगरपालिका–८ का रुबि कर्णलाई सो पुरस्कारबाट सम्मानित गरिएको हो । उहाँहरूलार्ई पुरस्कारस्वरुप नगद रु पाँच हजार १०५, सम्मानपत्र तथा दोसल्ला प्रदान गरिएको छ ।

एकल महिला र उनीहरूमा आश्रितले भोगिरहेको गरिबी, विभेद र अन्यायविरुद्ध कटिबद्ध रही विभेदरहित, हिंसारहित र सम्मानित जीवन जिउन एकल महिलालाई सशक्त गराउने अभियानमा एकल महिला समूह सप्तरीको संस्थापक भई हाल प्रदेश नं २ का अध्यक्ष रहनुभएकी देवकोटालाई वर्ष २०७८ का लागि पुरस्कृत गरिएको हो । मानवअधिकारको रक्षा र प्रवद्र्धन, उपेक्षित, उत्पीडित एकल महिलाबारे आमधारणा र व्यवहारमा परिवर्तन ल्याउन तथा सकारात्मक दृष्टिकोण बनाउन देवकोटाले निरन्तर आवाज उठाइरहनुभएको छ ।

यसैगरी विद्यार्थीकालदेखि नै राजनीतिमा होमिइ ग्रामीण भेगमा विसं २०६४ मा सहकारी स्थापना गरी सीपमूलक, आयमूलक कार्यक्रम सञ्चालन गर्दै गरिब, असहाय, अल्पसङ्ख्यक, उत्पीडनमा परेका महिलाको चेतना अभिवृद्धिमा योगदान गर्नुभएकामा कर्णलाई वर्ष २०७७ का लागि पुरस्कृत गरिएको छ । कोभिड–१९ को महामारीका कारण गत वर्ष पुरस्कार वितरण कार्यक्रम हुन सकेको थिएन ।

वैद्य–प्रकाश मानवअधिकार कोष समितिद्वारा आयोजित कार्यक्रममा प्रदेश नं १ का योजना आयोगका उपाध्यक्ष एवं इन्सेकका पूर्वअध्यक्ष सुबोधराज प्याकुरेलले आफ्ना लागि नभई अरुको अधिकारको सम्मान गर्नु नै मानवअधिकार भएको बताउनुभयो । मानवअधिकारप्रति संविधान र दलहरू प्रतिबद्ध रहेकामा गौरव महसुस गर्दै प्याकुरेलले मानवअधिकारको प्रगतिशील व्याख्या गर्न जरुरी रहेको र सबैभन्दा अपहेलित, पछाडि पारिएकालाई आत्मनिर्भर बनाउन आवश्यक भएको बताउनुभयो ।

राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नं २ का प्रमुख वीरबहादुर मगरले जातीय विभेद र महिला हिंसालगायत सबै प्रकारका विकृतिविरुद्ध सङ्गठित भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । बढ्दो हिंसाविरुद्ध राज्यले मात्र नभई सबैले योगदान गर्नुपर्ने आवश्यकता मगरले औँल्याउनुभयो ।

पुरस्कार कोषका संस्थापक वैद्यनाथ झाको अध्यक्षतामा आयोजित कार्यक्रममा राजविराज नगरपालिका उपप्रमुख साधना झा, सहायक प्रमुख जिल्ला अधिकारी नाथु साह, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, ज्येष्ठ नागरिक महासंघका प्रदेश नं २ अध्यक्ष शंकर शारदा, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, राजविराज उच्च अदालत बार एशोसिएशनका अध्यक्ष भरत यादव, महिला शिक्षक मञ्जु श्रेष्ठले मानवअधिकारको चेतना गाउँगाउँसम्म पु¥याउनुपर्ने र सरोकारवाला निकायले मानवअधिकारको आवाजलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

कोषका सदस्य मनोहर पोखरेलद्वारा सञ्चालित एवं कोषका सदस्य तथा मिडिया काउन्सिल प्रदेश नं २ का अध्यक्ष शिवहरि भट्टराईद्वारा स्वागत गरिएको कार्यक्रममा पुरस्कृत देवकोटाले आफ्नो प्रतिबद्धता र अनुभव सुनाउनुभयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक०द्वारा ‘२१औँ प्रकाश मानवअधिकार पुरस्कार’बाट सम्मानित राजविराज–६ का वैद्यनाथ झाले प्राप्त गरेको नगद रु ५० हजारबाट स्थापना गरिएको वैद्य–प्रकाश मानवअधिकार पुरस्कार कोषमा उहाँकी आमा चन्द्रादेवी झाले सामाजिक सुरक्षा भत्तावापत पाउनुभएको रु ५० हजार थप गर्नुभएको छ ।

यसैगरी पुरस्कृत कर्णले प्राप्त पुरस्कारमा थप गरी रु १० हजार २०० कोषमा जम्मा गर्नुभएको छ । उक्त पुरस्कारबाट पहिलोपटक सुरुङ्गा नगरपालिका–४ का बलदेव राम, दोस्रोपटक छिन्नमस्ता गाउँपालिका–२ का युक्तिलाल मरिक, तेस्रोपटक अग्निसाइर कृष्णसवरण गाउँपालिका–३ का असर्फी सदा र चौथोपटक राजविराज नगरपालिका–६ का मनोहर पोखरेल सम्मानित हुनुभएको थियो । इन्सेकका संस्थापक महासचिव र मानवअधिकार संरक्षण मञ्चका आजीवन महासचिव काफ्लेको ४० वर्षको उमेरमा विसं २०४९ साउन १६ गते थाइ एयरबसको विमान नुवाकोटको घोप्टेभिरमा दुर्घटना हुँदा निधन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.