हुलाकी न्यूज , जनकपुरधाम : डा सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषाको कमला नगरपालिकामा नगर स्तरीय युवा जनमत संघ गठन गरेको छ ।
शुक्रबार जनमत पार्टी कमला नगरपालिकाका नगरअध्यक्ष मनोज कुमार बनरैतको अध्यक्षतामा बसेको बैठकबाट युवा जनमत संघ कमला नगरपालिकाको नगर अध्यक्षमा श्री नारायण मुखियालाई सर्वसहमतिले चयन गरेको छ ।
मुखियाको नेतृत्वमा ३१ सदस्यीय नगर स्तरीय युवा जनमत संघ गठन गरेको संघका जिल्ला अध्यक्ष जमुना पुर्वेले बताए ।
उक्त कार्यसमितिमा कमला नगरपालिकाका वडा नम्बर १ देखि ९ सम्मका युवाहरु रहेका छन् ।
सो कार्याक्रममा संघ जिल्ला अध्यक्ष पुर्वेले युवा नै देशको परिवर्तन गर्न सक्छ ।त्यसैले अब मधेशका युवाहरुलाई कतै भट्कनु पर्ने आवश्यकता नरहेको उनले बताए ।
उनले युवाहरुको समस्या जनमत पार्टीले मात्र समाधान गर्न सकिन्छ ।अरु पार्टीले युवाहरुलाई अहिले सम्म प्रयोग मात्र गरेको छ ।तर युवाहरुको रोजगारी दिनको लागि चुई पनि बोल्दैनन् ।जनमत पार्टीले २० लाख युवाहरुलाई रोजगारी दिने आफ्नो घोषणा पत्रमा समेत उल्लेख गरेको अध्यक्ष पुर्वेले भने । सो कारणले अब युवाहरुलाई एकबद्ध भएर जनमत पार्टीमा लाग्न आग्रह गरेका हुन् ।
सो कार्यक्रममा जनमत पार्टी धनुषा जिल्ला उपाध्क्ष उपेन्द्र रोहिता ,जिल्ला सदस्य धनिकलाल कापर ,पार्टीका कमला नगरपालिकाका सचिव उपेन्द्र गोढान,सबैला नगरपालिकाका नगर संयोजक संजय प्रधान ,युवा नेता कैलाश साहको उपस्थिति रहेको थिए ।
त्यसैगरी महिला जनमत संघ धनुषा अध्यक्ष रेखा मण्डल , डिप्लोमा इन्जीनियर जनमत संघ धनुषा अध्यक्ष बिबेक मोरबैता , युवा जनमत संघ धनुषाका उपाध्क्ष नथुन यादव , सचिव बैजनाथ साहसहित पार्टीका कमला नगरपालिकाका विभिन्न वडाका वडा संयोजकहरुको समेत उपस्थितिमा युवा जनमत संघ गठन गर्नुभएको छ ।