हुलाकी न्यूज ,काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राजतन्त्र फेरि फर्केर नआउने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै नेता नेपालले रगत र पसिना बगाएर ल्याएको संविधानलाई नकुल्चिन पनि चेतावनी दिएका हुन् ।

ुजनता नै सच्चा हिरो हुन् । उनीहरू नै परिवर्तनका संवाहक हुन् । राजतन्त्रलाई ढालेका छन् । राजतन्त्र फेरि फर्केर आउने छैन । फेरि ल्याउने कोसिस गर्नेहरू इतिहासको कुडाकर्कटमा फालिनेछन् ।

देशको हितमा रगत पसिना बगाएर ल्याएको संविधान हो । कसैले कुल्चिने प्रयास गर्छ भने त्यसलाई स्वीकार गरिने छैन, नेपालले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.