हुलाकी न्यूज, जनकपुरधाम : भारतबाट अवैध रुपमा ल्याउँदै गरेको १२१ बोरा युरिया मल महोत्तरीको जलेश्वरबाट सशस्त्र प्रहरीले बरामद गरेको छ ।
भारतबाट ल्याएर विभिन्न स्थानमा लुकाए राखेको अवस्थामा १ लाख २१ हजार बराबरको युरिया मल बरामद गरिएको महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले बताउनुभएकाे छ।
शुक्रबार करिब ३ बजेको समयमा जलेश्वर नगरपालिका-५ स्थित पर्सापतैलीका विभिन्न स्थानमा लुकाइछिपाइ राखेको अवस्थामा उक्त परिमाणको युरिया मल बरामद भएको उनले बताएका छन् ।
सशस्त्र प्रहरी बल ९ नम्बर गण महोत्तरी जलेश्वरले बरामद गरेको युरिया मल आवश्यक जलेश्वर भन्सार कार्यलयमा बुझाइएको प्रहरीले जनाएको छ ।