हुलाकी न्यूज,जनकपुरधाम : जनकपुरधामस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा थुनुवामा राखेका एकव्यक्तिले आत्महत्या गरेका छन् ।

कुटपिट अंगभंग मुद्दामा पक्राउ परेका लक्ष्मीनियाँ गाउँपालिका घर भएका थुनुवा पल्टु रबिदासले हिरासत कक्षमै आज विहान आत्महत्या गरेका छन् । गञ्जीलाई पासो बनाएर भेन्टिलेशनको रडमा बाँधी झुण्डिएको प्रहरीले जनाएका छन्।

आत्महत्या गरेको घटना विषयमा बारे अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डिएसपी मकेन्द्र मिश्रले बताउनुभएकाे छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.