हुलाकी न्यूज/मंसिर १२ । भारतीय राजदूतावासको गाडीमा आगजनी भएको छ । काठमाडौंको पानीपोखरीमा पार्किङ गरी राखिएको राजदूतावासको २२ सीडी १७ नम्बरको अल्टो कारमा आगजनी भएको हो । आगजनीको जिम्मा विप्लव समूहले लिएको छ । तर, स्थानीयवासीले भने एक्कासी आगो लागेको जनाएका छन् । यता, प्रहरीले भने विद्युत् सर्ट भई आगो लागेको हुन हुनसक्ने अनुमान गरेको छ । विपल्प समूहले गाडी जलाएको दाबी गरे पनि प्रहरीले भने अनुसन्धान पनि मात्र केही भन्न सकिने जनाएको छ । आगजनीबाट गाडीका सिसाहरू फुटेका छन् भने सिटहरू जलेका छन् । स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए ।

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.