हुलाकी न्यूज, काठमाडौं, १२ मंसिर । काठमाडौंमा बालबालिकाको प्रयोग गरी शान्तिपूर्ण जुलुस निकालिएपछि त्यसको जवाफमा शनिबार बिहान मधेशका जिल्लाहरुमा पनि स्कुले बालबालिकाको प्रयोग गरी शान्तिपूर्ण जुलुस निकालिएको छ ।

शुक्रबार राजधानीमा विद्यालयका बालबालिकाले विद्यालय, शिक्षक र अभिभावकहरुको छाता संगठनहरुद्वारा आयोजित चक्रपथ घेराउ कार्यक्रममा उपस्थित भएर राजधानीमा प्रदर्शन गरेका थिए । त्यसैको भोलिपल्ट शनिबार मधेशका वीरगंज, जनकपुर लगायतका सहरहरुमा सबैजसो विद्यालय र शिक्षकले विभिन्न ब्यानर र प्लेकार्ड बोकेर विद्यार्थीलाई सडकमा ओरालेका छन् ।

विद्यार्थीहरुले स्टप किलिङ अस, मधेशको माग पुरा गर, व्हाट इज आउर फ्युचर, विर सहिद अमर रहुन् जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

शुक्रबार राजधानीमा विद्यार्थीको मानव साङलो निकालिएपछि नै राष्ट्रिय मावन अधिकार आयोगले त्यसको विरोध गर्दै कुनैपनि आन्दोलन र प्रदर्शनमा बालबालिकाको प्रयोग नगर्न सचेत गराएको थियो ।

Birgunj ka baalbalika

Birgunj ka baalbalika3Janakpur

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.