मनोज मोरबैता जनकपुरधाम : साउन महिनाको दोस्रो सोमबार आज पनि हिन्दू धर्माबलम्बीहरुले भगवान शिवको पूजा आराधना गरी मनाएका छन ।
साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने विश्वास रहँदै आएको छ । आज जनकपुरको शिव मन्दिर ,कपलेश्वर नाथ महादेव मन्दिर ,क्षिरेश्वर नाथको महादेव मन्दिर र अन्य शिव मन्दिरहरुमा बिहानै देखि भक्तजनहरुको घुइचो लागेको थियो ।
ब्रतालुहरुले आफ्नो मनोकांक्षा पुरा होस भन्ने कामनाले भगवान शिवको पुजा अर्चना गरेको बताएका छन् । साउनको पहिलो सोमबारदेखि सुरु भएको बोलबममा तिर्थालुहरुको घुईचोले धनुषाको कपलेश्वर नाथको परिसर भरिएको थियो । जनकपुरधामको गंगा सागरबाट जल लिई भक्तजनहरु शिवलिङ्गमा जल चढाउन कपलेश्वर नाथको मन्दिरमा बिहानैदेखि लाइनमा बसेका थिए ।
साउनको महिनालाई भगवान शिवको महिना मानिने हुँदा भक्तजनहरु उपासना गरी नजिकको पवित्र नदी, कुण्ड तथा तलाउबाट जल ल्याउने र शिवलिङ्गमा चढाउने गर्दछन् ।