हुलाकी न्यूज, जनकपुरधाम : जसपाका निलम्बित सांसद रेशम चौधरीलाई सनाखत गर्न निर्वाचन आयोगका पदाधिकारी कारागार नै पुग्ने भएका छन् ।

चौधरी अहिले नख्खु कारागारमा छन् । आयोगका पदाधिकारी उनको सनाखतका लागि सोमवार कारागार जाने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार, आयोगका कर्मचारीले कारगारमै पुगेर उनको सनाखत गर्नेछन् ।

टिकापुर घटनाका कारण निलम्बनमा रहेका उनले जसपाका महन्थ ठाकुर, उपेन्द्र पक्षमा वा तटस्थ बस्न सक्नेछन् । उनले यी ३ विकल्पमध्ये कुनै एक विकल्प जेलभित्रैबाट लिन सक्ने बताइएको छ ।

हालसम्मको हिसाबअनुसार चौधरीले ठाकुर पक्षलाई समर्थन गरेमा १८ कार्यकारिणी सदस्य हुन्छन् । यसो हुँदा पनि ठाकुर पक्षको बहुमत नपुग्ने देखिन्छ ।

यसअघि चौधरी ठाकुर नेतृत्वको राजपामा कार्यकारिणी सदस्य रहेका थिए । उनलाई अहिले तटस्थ बस्नका लागि दवाव बढेको बताइएपनि उनी कता लाग्छन् भन्ने टुंगो लागेको भने छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.