हुलाकी न्यूज , जनकपुरधाम : सवारी दुर्घटनामा परि एक वर्ष अगाडी ज्यान गुमाएका धनुषाको हंसपुर नगरपालिका ३ का २६ वर्षीय सुबोध कापरका परिवारलाई ५० हजार आर्थिक सहयोग गरिएको छ ।

डा सीके राउत नेतृत्वको जनमत पार्टी हंसपुर नगरपालिकाका नगर संयोजक विवेक राउत र विदेश विभाग सदस्य धनवीर ठाकुरको पहलमा मलेसियामा कार्यरत हंसपुरकै रामललित कापरले आर्थिक संकलन गरी पठाएको ५० हजार रुपैया कापरका परिवारलाई सहयोग गर्न पठाएको थिए ।

सोही रकम आज एक कार्यक्रम विच जनमत पार्टीका हंसपुर नगर संयोजक बिबेक राउत र विदेश विभाग सदस्य धनवीर ठाकुरले कापरका श्रीमती रानी कापरलाई ४० हजार र उनको आमा–बुवाको लागि बुवा बिन्देश्वरलाई १० हजार रुपैया हस्तान्तरण गरे ।

घरको आर्थिक अवस्था कमजोर रहेका कारण मृतक कापरका परिवारलाई आर्थिक सहयोग गरेको बताइएको छ । आर्थिक सहयोग पाएका कापरका परिवारले सहयोग गर्नेहरुलाई धन्यवाद दिएका छन् ।

सो रकम हस्तान्तरण गर्नको लागि जनमत पार्टीका नेता तथा कार्यकर्ताहरु कापरको घरमै पुगेर आर्थिक सहयोग गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.