हुलाकी न्यूज, जनकपुरधाम : तीनजना बालिकालाई यौन दुव्र्यबहार गरेको आरोपमा एक वृद्धलाई पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका वार्ड न १० माझी टोलका ७७ बर्षीय थानाप्रसाद भट्टराई रहेका छन् । तीन बालिकालाई यौन दुव्र्यबहार गरेको आरोपमा भट्टराईलाई बिहीबार पक्रपाउ गरेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।
बिहिबार पक्राउ परेका आरोपित भट्टराइलाई इलाका प्रहरी कार्यालय ढल्केवरमा राखिएको छ भने यौन दुव्र्यहारमा परेका बालिकाहरुको उमेर ७ देखि १० बर्ष रहेको छ।आरोपित भट्टराइले संवेदनशील अङ्गहरु चलाएर यौन दुव्र्यवहार गरेको स्थानीयको आरोप रहेको छ। पक्राउ परेका भट्टराईमाथि अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरी निरीक्षक प्रदिप सुवेदीले बताउनुभएको छ।