अमरेन्द्र कुमार यादव, धनुषा १२ मंसिर । प्रादेशिक सीमांकनको विरोध र संविधान संशोधनको मागसहित पछिल्लो तीन महिनाभन्दा लामो समयदेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्बद्ध कार्यकर्ता र स्थानीय युवाले भारतबाट तस्करी गरेर ल्याएको एक सय पन्ध्र लिटर पेट्रोल शुक्रबार बेलुका नष्ट गरेका छन् ।

भारतबाट ल्याइँदै गरेको पेट्रोल मोर्चाका कार्यकर्ता तथा स्थानीय युवाले धनुषाको पूर्वी ग्रामिण क्षेत्र बलाबाखरमा पोखाएर नष्ट गरेको स्थानीय यूवा प्रेम यादवले जानकारी दिएका छन् ।

बन्दको समयमा सिमावर्ती भारतीय बजारबाट ल्याई राजधानी पुर्याउन र बिक्री वितरणका लागि ल्याइएको भन्दै खोसेर नष्ट गरेको यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.