हुलाकी न्यूज ,रुपन्देही : जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादवले पार्टीको कोटहीमाई गाउपालिकामा सम्पर्क कार्यालय उद्घाटन गरेका छन् ।

मंगलबार डा सीके राउत नेतृत्वको जनमत पार्टीका कोटहीमाई गाउँपालिका अध्यक्ष सुभाषचन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादवले रिवन काटेर पार्टीको सम्पर्क कार्यालय उद्घाटन गरेको छ ।

सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा सयौं जना प्रवेश गरेको पार्टीका केन्द्रीय सदस्य रामकेश गुप्ताले जनकारी दिएका हुन् ।

जनमत पार्टीका केन्द्रीय सदस्य निर्मला हरिजन, भष्ट्राचार निवारण प्रमुख संजय कुमार मिश्र, जिल्ला अध्यक्ष बिष्णु सिंह लोध, विरेन्द्र धावल, जिल्ला सदस्य राजनारायन गिरी, इन्जिनियर जनमत संघका जिल्ला संयोजक अमरनाथ यादव, कोटहीमाई गाउपलिकाका १देखि ७ सम्मका पार्टीका वडाअध्यक्षसहितको उपस्थितिमा कार्यालय उद्घाटन र पार्टी प्रवेश कार्यक्रम भएको नेता गुप्ताले बताए ।

नव प्रवेशीहरुलाई पार्टीका केन्द्रिय सचिव यादवले स्वागत गर्दै सदस्ता प्रदान गरेर पार्टी प्रवेश गराएको छ ।

कार्यक्रममा सहभागी सबैलाई धन्यवाद समेत दिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.