हुलाकी न्यूज, काठमाडौं १२ मंसिर । मधेश आन्दोलनको समर्थनमा शनिबार (आज) काठमाडौंमा प्रदर्शन हुँदैछ ।
नागरिक सञ्जालको आयोजना गरेको प्रदर्शनमा काठमाडौं, ललितपुर र भक्तपुरबाट हजारौंको संख्यामा प्रदर्शनकारीहरु सहभागी जनाइएको छ ।
आज दिउँसो दुई बजे माईतिघरदेखि नयाँबानेश्वर संसद भवनसम्म प्रदर्शन हुनेछ ।
मधेश आन्दोलनको राजनीतिक सम्बोधन गर, सरकार र आन्दोलनरत समूहले हत्या हिंसा बन्द गर, जस्ता नारासहित प्रदर्शन हुने सञ्जालले जनाएको छ ।
कार्यक्रममा अधिकांश युवाहरुको सहभागिता रहने आयोजकले जनाएको हो ।




