हुलाकी न्यूज,जनकपुरधाम : कोरोना महामारीले जनजीवन अस्तव्यस्त भइरहेका बेला असारे बाढीले जनजीवनलाई झनै कष्टकर बनाउदैँ लगेको छ । यसको प्रभाव धनुषा, सिरहा लगायतका जिल्लामा समेत परिरहेको छ ।

धनुषा र सिरहाको सिमावर्ती क्षेत्रमा रहेको कमला नदीमा आएको बाढीले धनुषाका सबैला, शहिदनगर नगरपालिका र कमला नगरपालिका लगायतका क्षेत्रमा २ हजार भन्दा बढी घरधुरी उच्च जोखिममा परेका छन् ।

दुईदिनदेखी परेको भारी वर्षाका कारण आएको बाढीमा परि कमला नदीले बिहानदेखि तटबन्ध कटान गर्न सुरु गरेको छ । कमला नदीको बाढीले ठूलो जनधनको क्षति गर्न थालेको छ।

कमला नदीको बाढीले सबैला नगरपालिकाको वडा नम्बर ४ र १३, कमला नगरपालिकाकाको वडा नम्बर ४ , ५, ६, ७, र ८ र शहीदनगर नगरपालिकाको वडा नम्बर १ को बस्ती जोखिममा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.