हुलाकी न्यूज, जनकपुरधाम : पर्साको पकाहामैनपुर गाउँपालिकाका–१ का वडाध्यक्ष ५५ वर्षीय अमेरिका सहनी पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय पोखरियाबाट सादा पोसाकमा खटिएको प्रहरीले आइतबार राति साढे १० बजे वीरगन्ज महानगरपालिका–१९ बर्वास्थित सडक खण्डमा वडाध्यक्ष सहनी सवार  ना१ब ३५९५ नम्बरको मोटरसाइकल चेक जाँच गर्दा ७९ ग्राम खैरो हेरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

खैरोहिरोइन उनले चढेको सरकारी नम्बरप्लेटको मोटरसाइकलबाट बरामद भएको हो ।

वडाध्यक्ष सहनीसहितत मोटरसाइकलमा पछाडि सवार स्थानीय ५२ वर्षीय रामआदेश सहनीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

वडाध्यक्षकै पछाडि आइरहेका ना६२प १९४२ नम्बरको मोटरसाइकलमा सवार सोही वडाका ४० वर्षीय बलिस्टर सहनीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.