
हुलाकी न्यूज, जनकपुरधामः प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव राम आधार साहको सरुवा कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगत भएपनि उनी रवाना भएका छैनन्।
उनको स्थानमा दिपक कुमार दास सरुवा भएर आएका छन्। नयाँ सचिव दासलाई साहले काम गर्न नदिएको मन्त्रालय स्रोतले जनाएको छ।
साहले क्वाटर र गाडी पनि नछोडेकोले नयाँ सचिव दास समस्यामा परेका हुन्।
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको पत्रानुसार सचिव साहको असार २७ गते नै सरुवा गरिएको थियो। तर, हालसम्म उनी मन्त्रालय छाडेका छैनन्।

यता हुलाकी न्यूजसँग कुराकानी गर्दै सचिव साहले आफूसँग २२ दिन समय रहेको र कागजहरु मिलान गर्न बाँकी रहेकोले आफू नगएको दाबी गरे।



