हुलाकी न्यूज, जनकपुरधाम : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बलात्कार गरेर लुकीछिपी विदेश भाग्न खोजेका सर्लाहीका युवकलाई पक्राउ गरेको छ ।

सर्लाहीको बलरा नगरपालिका–८ घर भएका २३ वर्षीय ललन महतोलाई एयरपोर्टबाट पक्राउ गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिएक हुन् ।

कतारको दोहा उड्न लागेको अवस्थामा प्रहरीले महतोलाई पक्राउ गरेको छ ।

महतोले २०७७ भदौमा सर्लाही घर भएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेर फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय सर्लाहीले अनुसन्धान पुरा गरेर अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ । काठमाडौँमा पक्राउ परेका ललनलाई अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय सर्लाहीका इन्स्पेक्टर कृष्ण गिरीले बताउनुभएको छ ।जिल्ला अदालत सर्लाहीबाट उनीविरुद्ध २०७७ भदौ १० मा पक्राउ पुर्जी जारी भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.