हुलाकी न्यूज, बिराटनगर, ११ मंसिर । कानुनमन्त्री अग्नि खरेलले मधेशी मोर्चासँग सरकारले अब निर्णायक वार्ता गर्ने बताएका छन् । बिराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री खरेलले मोर्चासँग हुने अबको वार्ता निर्णायक तहको र सार्थक हुने दाबी गरे ।

मन्त्री खरेलले मोर्चासँग हुने निर्णायक वार्ताका लागि संविधानको मर्म र भावनाविपरित सहमति भने नहुने पनि बताए ।

उनले मोर्चाका मागप्रति साझा धारणा बनाउन संविधान निर्माणका सहयात्री दलहरुबीच छलफल जारी रहेको भन्दै केही दिनभित्रै साझा एजेण्डा बनाएपछि मोर्चासँग निर्णयक तहको वार्ता गरिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.