Jibit jarur

–जीवित जरुर
सायदै क्रुर थियो काठमाडौ यति विघ्नसित । क्रुरताको सीमा नाघ्दै गर्दा खाल्डो काठमाडौले सगरमाथाको कुमलाई माथ लाउदैछ भन्दा दुनियाँले ताली बजाउदैन नै । हाँस्ने पनि छैन । बरु, खुच्चिउँ गर्नेछन् । अक्सर, यस्तैलाई अटाएको छ काठमाडौले । काठमाडौले पहिचान बदल्दैछन् । क्रुरताको ।

काठमाडौ मुलुकको सभ्यता बोकेको वागमति बहन्छ । नेपालसँगै हरेकको आँखामा सहजै उभिन्छ काठमाडौ । यसले ओलाङचुङगोला बोकेको थियो । सुदूरपश्चिमलाई थामेको थियो काँधमा । काठमाडौले सिंगो देश बोकिरहेको थियो । काठमाडौ प्यारो थियो । छ । हिउँमा खेल्नेहरुलाई धाप मार्थे काठमाडौले । तराईका कालो अनुहारलाइई आश्रय दिएको थियो । खस, आर्य, मंगोल र द्रविड सवैको चौतारी भएको थियो । सियाल जिन्दगी गुजाराका ।

त्यसैले काठमाडौ प्यारो उत्तिकै सवैलाई । यहाँ जिवन छ । संसारका हरेक सेवा छ । सुविधा छ । विश्व छ । विश्वलाई नविकवाट नियाल्न चाहनेहरुको यो केन्द्रविन्दु भयो । गुजारा गर्नका लागि काठमाडौ मुखमा माड थोपार्न अवसरहरु दिन्थे । ऐसका नवीन आधारहरु तयार गरिदिन्थे । खुशीका जमानी बसिदिन्थे । यथेष्ट मौकाहरु खडा गरेर जीवनलाई समुन्नत बनाउन उत्प्रेरित गरिदिन्थे । त्वयसैले काठमाडौ प्यारो भयो सबैको ।

अस्तितिर, दहमा डुबेको काठमाडौले पाखो खोज्दै थिए । उकुुसमुकुसतावाट उन्मक्तिका लागि काठमाडौले कसैलाई गुहार माग्यो । इतिहास साक्षी छ । निस्सासिएको । निन्याउरो । काठमाडौको मेरुदण्ड भत्काउदै मञ्जुश्रीले यसलाई नयाँ जीवन दिए । काठमाडौ वौरियो । उपत्यकामा रम्न चाहनेहरुको भीड उस्तै थियो । उनीहरुले थातथलो बसाए । काठमाडौ काठमाडौ भयो । अन्यथा काठमाडौ दहमा डुविरहेको हुन्थ्यो । पूर्वका आए, बसे । पश्चिमका आए, बसे । उत्तरदक्षिणका आए, बसे । यो विविधतासहितको एक सुन्दर उद्यानमा रुपान्तरण भैरहदा मुलुक भेटिन्थ्यो । जीवन भेटिन्थ्यो देशको । नेपालको । त्यसैले काठमाडौ सबैको प्यारो भयो ।

झापामा झुत्रो कट्टु लगाएर गाई हेर्ने काठमाडौ आए, फेरिए । तराईमा कछाड लगाएर भैसी हेर्ने काठमाडौ आए, फेरिए । सुदूर पश्चिममा चप्पल नलगाई गोठाला जाने काठमाडौ आए, फेरिए । हिमालका हिउमा च्याङ्ग्राका रौंमा जीवन गुजार्नेहरु पनि काठमाडौ आए, फेरिए । अर्थात जहाँ जहाँवाट काठमाडौ आए ती सबैलाई काठमाडौले नयाँ जीवन दिए । आफूलाई फेरिन काठमाडौ सवैलाई प्यारो भयो । साँच्चै, काठमाडौले सकेको दिए । सवैलाई फेरिदिए । धन्य !

तर तिनै छन् । काठमाडौ हाँकिरहेकाहरु । विकट खोटाङ, भोजपुरका चप्पल लगाउनेहरुलाई जुत्ता दिन चाहन्नन् । धनुषा, महोत्तरी र सिराहामा कछाँड लगाउनेहरुलाई दौरा दिन सक्दैनन् । एकसरो टालोमा घाम छेक्ने सुदूरलाई कमिज सिलाइदिन सक्दैनन् । चाहदैन । उनीहरु नेपाली होइनन् । उनीहरु अपराधी हुन् । आतंककारी हुन् । देशद्रोही हुन् । यिनीहरुको निचोड छ । जो अस्तितिर तिनै क्षेत्रहरुमा धोती लगाएर जमेको पानीमा आहाल बस्थे । आँपको झाङमुनि सियाल बस्थे । चुल्होमा सकेको दाउरा भर्न जङ्ग पुग्थे । गाइलाई घाँस खुवाउथे । पहाडको थुम्काहरुमा सुन्तलीहरुसँग लुकामारी गर्थे । औसीपूर्णेमा रोदी कस्थे । आज विरानो भयो । त्यो दोश्रो मुलुक भैदियो । त्यहाँका सवै अन्य देशका ।

काठमाडौलाई त्यो परिवेशवाट टाढा बनाउदै लगे । पशुपति, महावौद्धजस्ता करुणा र शान्तिका प्रतिमूर्तिहरुवाट अलग बनाउदै लगे । सकेजति गर्दै गए । किनभने उनीहरुलाई आफै फेरिनमा मज्जा थियो । अरुको के परवाह ? काठमाडौलाई निरङ्कुश र तानाशाही बनाउदैमा उनीहरुलाई भ्याई नभ्याई भयोे । सँगै घासदाउरा गरेर हुर्केका तर उतावाट आएकाहरुवाट नचिनिने भए ।

काठमाडौ खाल्डोमा थियो । त्यसले सगरमाथाको चुचुरो देख्थ्यो तर तराईका फाँटहरुमा आँखा तन्काउन सक्दैनथ्यो । डोटी, दैलेख र सोल्ुखुम्वुका खोंचहरु देख्दैनथ्यो । यतिवेला हामी स्वयम् नजर लगाउँछु भनिरहेका छन् । काठमाडौले कर्मचारी निर्यात गर्छ । सेवा र सुविधाहरु निर्यात गर्छ । त्यो हामी स्वयम् निर्माण गर्न सक्छौं भनिरहेका छन् । त्यो भन्नु काठमाडौलाई म टेर्दिन भनेको होइन । काठमाडौवाट भिन्न हुन्छु भनेको पनि होइन । छुट्टिनु पिडादायक हुन्छ । त्यो अप्रीय पनि ।

सक्ने काठमाडौ आए । आफना भएकाहरु लहरोमा वेरिदै आए । नसक्नेहरु उतै जिवन धानिरहेका छन् । उतै वाँचिरहेका छन् । उनीहरुलाई काठमाडौ आउन महँगो हुने थियो । त्यसैले उनीहरु आउन सकेनन् । चाहेनन् । त्यसैले मैले के गर्नुपर्छ । कसरी वाँच्नुपर्छ । त्वयसका लागि मैले केकस्ता योजनाहरु वुन्नुपर्छ भन्ने कुरा स्वयम् निर्धाराण गरेर कार्यन्वयन गर्छु भनेका छन् । त्यो भन्दा के भनेका छन् यतिवेला ? उनीहरुले । तर नसुन्ने तिनै भएका छन् जसले काठमाडौ आएर एकसरो जिन्दगी फेरे ।

देउ भन्दा ला भनिरहेका छन् मृत्यु । गोली वर्षाइएको छ । नानाथरीका आक्षेपहरु लगाइएका छन् । जे गरिरहेका छन् । काठमाडौमा आएर एकसरो जीन्दगी फेरिरहेकाहरुले गरिरहेका छन् । क्या छ !

सानो खाल्डोमा बसेर नेपालको धाक छ । रवाफ छ । उताका रैतीहरु हुन् । हामी राजा ? उनीहरुको दम्भ वर्लिनको पर्खाल झै ढल्दा तिनहरु कता भासिने हुन् । अश्रुग्याँस सकिनेवाला छ । गोलीहरु सकिने वाला छन् । बन्दुक खिइने छन् । सुदूरपूर्व र पश्चिमवाट आयात गरेका करवाट किनेका ती सबै एकदिन शेष नरहदा उनीहरुको हालत खै, के हुन्छ ? तिर्नै छाडे भने के गर्ने ? त्यो दिन नआउला भन्न सकिन्छ र ?

त्यसैले, काठमाडौ नछिरीकन म जीवन वाँच्न सक्छु भन्नेलाई वाँच्न दिनुपर्छ । कमिज फेर्नु सक्छु भन्नेलाई फेर्न दिनु पर्छ । जुत्ता लगाउन सक्छु भन्नेलाई लगाउन दिनुपर्छ ।

पछिल्लो साताको जोडघटाउ हेर्दा लाग्छ, राज्य नागरिकले मागेको अधिकारको साँवाव्याज उठाउन यमराज पठाइरहेको छ । यमराजलाई वस्तीवस्ती घुमाउन चाहन्छ । घुमाइरहेका छन् ।

क्रुर, काठमाडौ मुर्दावाद !
क्रुर, काठमाडौ मुर्दावाद !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.