हुलाकी न्यूज, इटहरी ११ मंसिर । नेकपा एमालेका कार्यकर्ताहरु सुनसरीको इटहरीमा हुन लागेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको कार्यक्रम विथोलेका छन् ।

शुक्रबार मधेशी मोर्चाका शिर्षस्त नेताहरुले सम्बोधन गर्ने भनिएको कार्यक्रम स्थलमा एमाले कार्यकर्ताहरुले आगजनी गरेका छन् ।
संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष कुमार लिंदेनले हुलाकी न्यूजलाई दिएको जानकारीअनुसार एमालेको शिर्षस्त नेताहरुको डिजाइनमा उक्त कार्यक्रम विथोल्न लगाइएको हो ।

लिंदेनले यस क्षेत्रमा साम्प्रदायिक दंगा भड्काउन एमाले उद्धत रहेको बताए ।

यता संघीय समाजवादी फोरम नेपालका नेताहरुले दिएको जानकारी अनुसार उक्त कार्यक्रम विथोल्नेमा एमालेसहित नेपाली काँग्रेस र एमाओवादीका कार्यकर्ताहरु पनि छन् ।

फोरमले सरकारले नै साम्प्रदायिक दंग भड्काउन लागेको आरोप लगाएका छन् ।

यता सद्भावना पार्टीका स्थानीय नेताहरुले दिएको जानकारीअनुसार मधेशी मोर्चाका कार्यकर्ताहरु पनि कार्यक्रम स्थल पुग्न लागेका छन् ।

इटहरीमा दंगा भड्किन सक्ने अवस्था र्शिजना भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.