रंजन भण्डारी, जलेश्वर, ११ मंसिर । मधेश आन्दोलनमा सहभागी हुन मधेशी जनअधिकार फोरम लोकतान्त्रिक महोत्तरीको पिपरा गाउँ कमिटीका सम्पुर्ण सदस्यले पार्टीबाट राजिनामा दिने घोषणा गरेका छन् ।

Forum loktantrik pipraपहिले आन्दोलनमा सहभागी भई पद र पैसाको लोभमा सरकारमा गएका पार्टीका राष्ट्रिय अध्यक्ष विजय गच्छदारले मधेशप्रति आघात गरेको भन्दै पार्टीमा समेत सो कार्यको विरोध भैरहेको र पार्टी परित्याग गर्नेहरुको ओईरो नै लागेको भन्दै गाउँ कमिटी अध्यक्ष अरुण ठाकुर सहितका पदाधिकारीहरुले प्रेस विज्ञप्ती जारी गर्दै अब उपरान्त पार्टीमा नरहने र आम जनता सरह आन्दोलनमा सहभागी हुने जनाएका छन् ।

अहिलेको मधेश आन्दोलनको विषम परिस्थितिमा पद लोलुपता तथा आर्थिक लेनदेनमा पार्टी पंक्ति फसेर मधेश आन्दोलनको माँगलाई सम्बोधन नगरेको कारण मधेशी जनताहरुले गच्छदारको गद्दारी बुझिसकेको र अव मधेशमा गच्छदारको अस्तित्व समाप्त भैसकेको समेत विज्ञप्तीमा उल्लेख छ ।

नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य रमन पाण्डेय र पिपराकै एमालेबाट राजीनामा दिएका राम जानकी यादवको रोहवरमा प्रेस विज्ञप्ती जारी गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.