हुलाकी न्यूज, जनकपुरधाम : कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नदिएको सर्वोच्च अदालतले संसद पुनःस्थापनासँगै दिएको आदेशविरुद्ध जनकपुरमा एमालेनिकट युवा विद्यार्थीले प्रदर्शन गरेका हुन् ।
जनकपुरधामको पिडारी चोकमा यूवा संघका कार्यकर्ताले टायर बालेर सर्वोच्चको फैसालाविरुद्ध प्रदर्शन गरेका छन् ।एमालेनिकट युवा विद्यार्थीले यसअघि मोटरसाइकल जुलुस निकालेका थिए भने जुलुस सम्पन्न भएलगत्तै संसद पुनःस्थापनाको खबर पाएपछि उनीहरुले सडकमा टायर बालेर प्रदर्शन गरेका हुन् ।
उनीहरु प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा र सर्वोच्च अदालतको विरुद्धमा नारा समेत लागेका छन् ।



