
हुलाकी न्यूज,जनकपुरधाम : यातायात व्यवस्था विभाग अन्तर्गतको यातायात कार्यालय जनकपुर विहानदेखि साँझसम्म सेवादिने भएको छ ।
सेवाग्राहीहरुको भिडभाड र चापलाई मध्यनजर राखदै यातायात व्यवस्था कार्यालय जनकपुर सोमबारदेखि अन्मित असार सम्म विहानैदेखि साँझसम्म खुल्ने भएका छन्।
जरिवाना छुटको लागि सेवाग्राहीहरुको अधिक चाप बढन गएपछि विहान ७ बजेदेखि साँझ ५ बजेसम्म सेवा दिने तथा अनलाईन मार्फत नै कर तिर्ने विधि नभएको कारण यो निर्णय गरेको यातायाता कार्यालय जनकपुरका निमित्त प्रमुख बीरेन्द्र कुमार साहले बताउनुभएको छ ।
सेवाग्राही कोभिड भाड र चापलाई मध्यनजर ग र्दै असार मसान्तसम्मका लागि विहान ७ बजेदेखि साँझको ५ बजेसम्म सेवा दिने जनाउँदै योसेवा असार अन्तिम अर्थात असार ३१ गतेसम्मको लागि मात्र लागू हुनेछ ।