हुलाकी न्यूज, जनकपुरधाम :धनुषामा एक नवविवाहिता महिलाको शंकास्पद मृत्यु भएको छ।

बटेश्वर गाउँपालिका–२ भूचक्रपुर कहचरीटोल बस्ने रामवृक्ष महतोकी २० वर्षीया पत्नी अञ्जु महतोको शंकास्पद मृत्यु भएको हो ।

आफ्नै घरको ओछ्यानमा अञ्जुको शव फेला परेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिएका हुन् ।

उनले भने, ‘मृतकको घाँटीमा झुण्डेर आत्महत्या गरेको जस्तो डाम देखिएकोले घटना शंकास्पद रहेको छ भने शवको पोस्टमार्टम रिपोर्ट पश्चात थप कुरा खुल्न सकिन्छ।’

मृत्यु भएको महिलाको माइती पक्षले ससुरा पक्षले मिलेर हत्या गरेको दावी गरेका छन् । अञ्जुले आत्महत्या नगरेको र घरपरिवारले नै मिलेर घाँटी थिचि उनको हत्या गरेको उनका बुबा महोत्तरीको गौशाला नगरपालिका–१० भरतपुर बस्ने रामजत महतोको आरोप रहेकाे छ।

अञ्जुको विवाह गत फागुन २० गते रामवृक्षसँग भएको थियो ।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएका हुन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.