हुलाकी न्यूज, जनकपुरधाम : महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको शव पनि भेटिएको छ ।
प्रहरीले बेपत्ता भएको एक महिनापश्चात सुजिताको शव फेला पारेको छ । आफ्नै पेट्रोल पम्पको छेउमा रहेको ट्वाइलेटको हदबाट सुजिताको शव बरामद भएको प्रहरीले जनाएका छन् ।
शव फेला परेको स्थानदेखि करिब एक किलोमिटरको दुरीमा रहेको खेतमा केहिदिन अगाडी उत्खनन गर्दा सुजिताको शरिरका केहि अवशेष फेला फरेको थियो । त्यसपछि सुजिताको हात्या आरोपमा देबर रूपेश ठाकुर र श्रीमान मुकेश ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
उनी दुबैजना प्रहरी हिरासतमै रहेको र उनीहरु सहित ६ जनाको संलग्नता देखिएको बताइएको छ ।
घटनाको अनुसन्धान गर्दै जांदा प्रहरीले सुजिताको शव फेला पार्न सफल भएको छ ।



