हुलाकी न्यूज , काठमाडौं : डा सीके राउत नेतृत्वको जनमत पार्टीका जनवर्गीय संगठन महिला जनमत संघ काठमाडौंले  रक्तदान कार्यक्रम गर्नुभएको हो  ।

शनिबार महिला जनमत संघ काठमाडौंकी संयोजक रेखा रौनियारको अध्यक्षतामा रक्तदान कार्याक्रमको आयोजना गरिएको थियो । सो रक्तदान कार्यक्रममा ३० जना भन्दा बढी जनाले अरुको ज्यान बचाउनको लागि आफ्नो रक्तदान गरेको एक जना रक्तदाताले बताए ।

उनी अहिलेको अवस्थामा रक्त संचार केन्द्रमा रगतको अभाव हुनु दुखद हो ।रगतको अभावमा कसैले ज्यान गुमाउनु नपरोस भने उदेश्यले रक्तदान कार्यक्रमको आयोजना गरेको महिला जनमत संघ काठमाडौंकी संयोजक रेखा रौनियारले बताईन ।

उक्त कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष ई दिपक कुमार साह ,ई नरेन्द्र चौधरी , बबिता इसर ,केन्द्रीय सचिव हेमलाता रजक ,केन्द्रीय सदस्य राजेन्द्र राय , जनमत पार्टी काठमाडौं उपत्यकाका अध्यक्ष सुमन मण्डल ,उपाध्यक्ष रोजी रानी देव र सचिव ई अजय कुमार चौधरी सहितका नेता कार्यकर्ताहरुको उपस्थितिमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.