अर्कना खातुन,
काठमाण्डौ, १० मंसिर ।
लम्बिदैं गइरहेको आन्दोलन र नाकाबन्दमा समर्थन जनाउदै बिहिबार बाराको गाबिस उत्तर झिटकैयाबाट एक्यवद्धता र्याली निकालिएको थियो ।
बारा तमलोपाकी महिला नेतृ पिंकी यादव र तमराका जिल्ला अध्यक्ष शिवनाथ पटेलको नेतृत्वमा र्याली निकालिएको थियो । र्यालीमा तमसपाका केन्द्रिय सदस्य उपेन्द्र यादव, सचिव पारस साह, तराई मधेस सदभावना पार्टीका जिल्ला अध्यक्ष धर्मेन्द्र यादव थिए ।
साथै भोडहा र उत्तर झिटकैयाका स्थानिय नेताहरु हरीशंकर चौधरी, बलिस्टर मिश्रा, तमलोपाका कार्यकर्ता साबिर आलम, सैयाद अंसारी, शंकर यादव, साकिर आलम, धर्मेन्द्र कुशवाहा, भागीरथ यादव लगायत हजारौको संख्यामा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
सो र्यालीमा ‘मधेशी एकता जिन्दाबाद, मधेशको माँग पुरा गर, मधेशमा हत्या हिंसा बन्द’ गर लगायतका नारा लगाउदै नेपाल भारत मितेरीपुलमा पुगेर समापन गरेका थिए ।
र्यालीलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघिय समावेसी मधेसी गठबन्धनका नेताहरु राजकुमार यादव, कृष्णा पटेल, धर्मेन्द्र यादव, रमतुल्लाह मियाँ लगायतका नेताहरुले स्वागत गर्दै बधाई सहित धन्यवाद ज्ञापन गरेका थिए ।



