हुलाकी न्यूज,

काठमाण्डौ, १० मंसिर ।

राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन मोरंग जिल्ला कार्य समितिले आफ्नो पहिलो अधिवेशन बिराटनगरमा गर्ने भएको छ । केन्द्रिय समितिले मोरंग जिल्लाको अधिवेशन तीन महिनाभित्र गर्नुपर्ने निर्णय लिएपछि मोरंग जिल्ला कार्यसमितिले अधिवेशनको तयारी सुरु गरेको हो ।

जिल्ला कार्यसमितिले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै सलिम अंसारीको संयोजकत्वमा २१ सदस्यीय आयोजक समितिको गठन गरिएको जानकारी गराएको छ । अधिवेशनमा मोरंग जिल्लास्तरीय मुस्लिम वुद्धिजिवी, विभिन्न राजनीतिक दलहरुमा आबद्ध राजनीतिकर्मी, युवा, उद्योगी व्यापारीहरुको १० हजार भन्दा बढी सहभागिता रहने जिल्ला समितिले जनाएको छ ।

राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन मोरंग को पहिलो जिल्ला अधिवेशनले नयाँ कार्यसमितिको गठन गर्ने छ । अधिवेशनको उदघाटन समारोहमा राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन केन्द्रिय कार्यसमितिका केन्द्रिय नेताहरु सहभागी हुने विज्ञप्तिमा उल्लेख छ । अधिवेशनमा मुस्लिम अधिकार कसरी सुनिश्चित गर्ने भन्ने विषयमा छलफल हुने पनि मोरंग जिल्ला समितिले जनाएको छ ।

यस्तै राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन केन्द्रीय समितिले संयुक्त लोकतान्त्रीक मधेशी मोर्चासँग सहकार्य गरी अगाडी बढ्ने निर्णय गरेकोले मोरंग जिल्ला समितिले पनि मधेश आन्दोलनलाई समर्थन गरी शान्तिपुर्ण आन्दोलनमा सहभागी हुने निणर्य गरेको विज्ञप्तिमा उल्लेख छ ।

गठबन्धनले अधिकार प्राप्त नगरुन्जेलसम्म शान्तिपुर्ण आन्दोलन जारी रहने बताएको छ । उसले बिहिबारदेखि नै मोरंगको विभिन्न क्षेत्रमा शान्तिपुर्ण संर्घष स्वरुप विरोध सभा, जुलुस, कोण सभा आदी गरिने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.