हुलाकी न्यूज,जनकपुरधाम : नेपाल शिक्षक महासंघ आन्दोलन परिचालन समिति धनुषाको आयोजनामा जनकपुरस्थित शिक्षा समन्वय कार्यालयअघि कोरोनाविरुद्धको खोप माग्दै शिक्षकहरु धर्नामा बसेका छन् ।

आज शुक्रबार बिहान देखि धर्नामा बसेका शिक्षकले अबिलम्ब कोरोनाविरुद्धको खोप लगाउन पाउनुपर्ने, स्वयंमसेविका र कर्मचारीको बढेको तलब कार्यान्वयन हुनुपर्ने र विगतमा भएको ३० बुँदै सम्झौता कार्यान्वयन हुनुपर्नेलगायतका माग राखेको छ।

सरकारले जहिल्यै शिक्षकमाथि विभेद गरिरहेको छ भने अहिले वाध्य भएर धर्ना दिनुपरेको हो महासंघका अध्यक्ष रामस्नेही यादवले बताउनुभएको छ । सरकारले स्वयंमसेविका र कार्यालय सहयोगीसहितका कर्मचारीको तलब बृद्धि गरेपनि कार्यान्वयन भएको छैन । उनीहरुलाई संघीय सरकारले आठ हजार दिँदै आएको छ । बाँकी तलब स्थानीय तलहले दिने भनिएको छ ।

तर, स्थानीय सरकारले त्यसका लागि बजेट छुट्याएका छैनन् ।पुराना शिक्षक ऐन संशोधन, तलब भत्ता र ग्रेडवृद्धि, दरबन्दी मिलानलगायतका विषयमा सरकारले विगतमा गरेको ३० बुँदे सम्झौता कार्यान्वयन हुनुपर्ने शिक्षकहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.