हुलाकी न्यूज , काठमाडौं : राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने इंग्ल्यान्ड प्रस्थान गरेका छन् ।
सन्दीपले सामाजिक संजालबाट इंग्ल्यान्ड प्रस्थान गरेको जानकारी दिएका छन् ।
द हन्ड्रेड क्रिकेट प्रतियोगिताका लागि सन्दीप बिहीबार राति इंग्ल्यान्ड प्रस्थान गरेका हुन् ।
सन्दीपले ओभल इन्भिन्सिबलबाट पहिलो संस्करणको द हन्ड्रेड क्रिकेट खेल्ने छन् ।
१०० बलको हुने द हन्ड्रेड क्रिकेट जुलाई २१ बाट सुरु हुने तालिका रहेको छ ।
सन्दीप इंग्ल्यान्ड पुगेपछि १० दिन क्वारेन्टिनमा बस्ने छन् । यस्तै उनको कोरोनाको पीसीआर प्रशिक्षण हुनेछ । जसमा नेगेटिभ रिपोर्ट आएपछि सन्दीप टिममा सामेल हुनेछन् ।



