हुलाकी न्यूज, काठमाडौं १० कार्तिक । संयुक्त राष्ट्र संघको कार्यालय अगाडि हरिहरभवन ललितपुरबाट विहिबार ३१ जना मधेशीहरु पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा २८ जना विद्यार्थी रहेका छन् भने बाँकी तीन जना डाक्टर–इन्जिनियर छन् ।
उनीहरुलाई दिउँसो संयुक्त राष्ट्र संघलाई ज्ञापन पत्र बुझाउने क्रममा पक्राउ गरिएको हो ।
नेपाल प्रहरीले नियन्त्रणमा लिइ उनीहरुलाई जाउलाखेल प्रहरीमा राखेका थिए भने राती सानेपास्थित प्रहरी कार्यालयहरुमा राखिएको छ ।




