हुलाकी न्यूज, जनकपुरधाम १७ भदौ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले जनकपुरधाममा विहिवार धोती जुलुस प्रदर्शन गरेको छ ।

जनकपुरको जनकचौकवाट निकालिएको धोती जुलुसमा सैंयौंको सहभागिता रहेको थियो । जुलुसमा मोर्चाका जिल्ला नेताहरु, संजय सिंह, परमेश्वर साह, सदभावना पार्टीक केन्द्रिय सदस्य लालकिशोर साह, तमलोपाका उपाध्यक्ष व्रिखेषचन्द्र लाल, सभासद विजय कुमार सिंह, जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष शिव शंकर साह हिरा, मधेस अधिकार संर्घष समितिका संयोजक सरोज मिश्र सहितकाहरु धोली लगाएर सहभागि भएका थिए ।

जनकपुरमा बिहिबार पनि बिहानैदेखि आन्दोलनकारीहरुले बिभिन्न चौकहरुमा प्रदर्शन गरिरहेका छन् । बन्दको २० औ दिनमा जनकपुरका बिभिन्न चौकहरुमा बाटो अबरुद्ध गरी टायर बाली बिहानैदेखि प्रदर्शन भईरहेको छ ।

बन्दका कारण जनजीवन अस्तब्यस्त बन्दै गएको छ । बन्दका क्रममा आन्दोलनकारीहरुले बिहानैदेखि करीब आधादर्जन मोटरसाइकलमा तोडफोड समेत गरेका छन् । बन्दकर्ताहरुले जनकपुरको बिभिन्न चौकहरुमा ह्युम पाईप, ढुँगाा तथा दुरसँचारका पोलहरु भाँच्दै बाटोहरु अबरोध गरेका छन । टायर बालेर समेत प्रदर्शन गरिएको छ ।

उता, ग्रामीण क्षेत्रहरुमा समेत टायरहरु बाल्दै बाटो अबरुद्ध गरी प्रदर्शन गरिरहेका छन् । धनुषाको रघुनाथपुर गाविस पनि बन्द भएको छ । बुधवार साँझ मसाल जुलुुससमेत प्रदर्शन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.