हुलाकी न्यूज, युएई – युएईमा कार्यरत डा. रबिन्द्र कुमार यादवलाई युएई सरकारले सम्मानित गोल्डेन भिसा प्रदान गरेको छ ।

आठ वर्ष पहिले देखी यूएईमा कार्यरत विराटनगरका डाक्टर यादवले मंगलवार १० बर्षे गोल्डेन भिसा पाउनु भएको हो । यस किसिमको सम्मानित गोल्डेन भिसा पाउने उहां पहिलो नेपाली नागरिक हुनुहुन्छ ।

संयुक्त अरब इमिरेट्स (युएई) सरकारले पछिल्लो बर्षदेखि विशेष व्यक्ति र पेसामा आबद्ध गैर नागरिकहरुलाई गोल्डेन भिसा दिन सुरु गरेको हो । युएईले डाक्टर, शिक्षक, शिक्षिका, वैज्ञानिक, व्यावसायिक व्यक्तित्व, कलाकार तथा युएईलाई विशेष योगदान दिँदै आएका व्यक्तिलाई गोल्डेन भिसा दिन सुरु गरेको हो ।

सन् २०१३ मा युएईको अलएनको अल नुर अस्पतालबाट स्वास्थ्य क्षेत्रमा प्रवेश गर्नुभएका डा. यादव अहिले आबुधाबीको रिम आइल्यान्डमा रहेको बुर्जिल अस्पतालमा चर्म रोग विशेषज्ञको रुपमा कार्यरत हुनुहुन्छ । त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पताल महाराजगञ्जबाट एमबीबीएस उत्तीर्ण गर्नुभएका डा. यादवले बनारस हिन्दु युनिभर्सिटी बारानासी भारतबाट एमडी गर्नुभएको छ । काठमाण्डौको नोबेल मेडिकल कलेजमा मेडिकल सहायक निर्देशकको रुपमा काम गरिसक्नु भएका उहाँले सन् २००२ मा यातना पीडित सरोकार केन्द्रको पूर्वाञ्चल क्षेत्रीय निर्देशकको रुपमा पनि काम गर्नुभएको थियो ।

उहाँ भारतको कुटानियस सर्जन, भारतीय प्रसाधनिक चर्म विज्ञान सोसाइटीको आजीवन सदस्य, अमेरिकन एकेडेमी एस्थेटिक मेडिसिनको वार्षिक सदस्य र अमेरिकन एकेडेमी डेर्मेटोलोजीको अन्तर्राष्ट्रिय फेलोपर्सन हुनुहुन्छ ।

डा. यादव युएईमा रहेका मधेशी समुदायलाई एकजुट गर्ने कार्यमा समेत लाग्नु भएको छ । वहां गैर आवाशीय मधेशी संघ, युएई र मधेशी एकता समाज, युएईका संस्थापक समेत हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.