हुलाकी न्यूज, जनकपुरधाम : जनकपुरधाममा विपक्षी पाँचदलीय गठबन्धनका भ्रातृसंगठनले जलाए प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला ।

जनकपुरधामको रेलवे स्टेसनबाट सुरु भएको विरोध प्रदर्शन भानुचोक, शिवचोक हुँदै जनकचोकमा पुगी कोणसभामा परिणत भएर समापन गरिएको छ ।

यस विरोध रैलीमा संयुक्त विद्यार्थी संगठनमा नेविसंघ धनुषा, अखिल क्रान्तिकारी धनुषा, माधव नेपाल पक्षधरको अनेरास्ववियू धनुषा र समाजवादी विद्यार्थी संघ धनुषालगायत संगठन आबद्ध छन् भने यता संयुक्त विद्यार्थी संगठनले घोषाणा गरेको विरोध प्रदर्शनको प्रतिकार गर्ने चेतावनी दिएका ओली निकटका राष्ट्रिय युवा संघको कार्यकर्ताहरुको आजको विरोध प्रदर्शनमा उपस्थिती देखिका छैन्।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.