हुलाकी न्यूज,जनकपुरधाम : कोरोना संक्रमण दरथोरै हुँदै गएको अवसथामा स्थानीय प्रशासनले बजार क्षेत्र खुकुलो गर्दै धनुषामा आठौं पटक निषेधाज्ञाको समयअवधि पुन एक हप्ताका लागि बढाएको छ ।

जिल्ला संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले आगामी असार २१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञालाई जारी राख्ने निर्णय गरिएको छ भने कोरोना संक्रमणको फैलावट रोक्न निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताउनुभएको छ ।

प्रजिअ बास्तोलाले आवश्यकीय पसलहरु दिनभर सञ्चालन गर्न सकिने बताएका छन् । त्यस्तै निजी सवारी साधनहरु (मोटरसाइकल समेत) एवं ट्याक्सी र टेम्पू जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरको सञ्चालन गर्न सकिने भएका छन् ।

विद्यालयहरुमा भीडभाड हुन नदिई आलोपालो गरी पुस्तकहरु वितरणको व्यवस्था गर्न सकिने, सरकारी, अर्ध सरकारी कार्यालय, स्थानीय तह एवं संस्थानहरुले भीडभाड हुन नदिई आलोपालो गरी नियमित सेवा सुचारु गर्ने तथा बैंक एवं वित्तीय संस्थाहरुले नियमित सेवा सुचारु गर्नसक्ने भएका छन् ।त्यस्तै होटल रेस्टुरेन्टहरुले अनलाईन अर्डर तथा होम डेलेभरि र टेक अवे विधिबाट मात्र सेवा सञ्चालन गर्नसक्ने भएपनि रात्रिकालिन व्यवसाय सञ्चालनमा रोक लगाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.