हुलाकी न्यूज, काठमाडौं १० मंसिर । ललितपुरको हरिहर भवनमा रहेको संयुक्त राष्ट्र संघको कार्यालय अगाडिबाट तीन दर्जनभन्दा अधिक मधेशीहरु पक्राउ परेका छन् ।

रंगभेदी गिरफतारीको एक वर्ष पुरा भएको अवसरमा संयुक्त राष्ट्र संघलाई ज्ञापन पत्र बुझाउन गएका मधेशीहरु पक्राउ परेका हुन् ।

पक्राउ गरिएका मधेशीहरुलाई जाउलाखेलस्थित प्रहरी कार्यालयमा राखिएको नियन्त्रणमा रहेका डा.निरन्जन साहले हुलाकी न्यूजलाई बताए ।

स्वतन्त्र मधेश गठबन्धनले उक्त कार्यक्रमको आयोजना गरेको थियो । दिउँसो साँढे तीन बजेदेखि सुरु भएको कार्याक्रम सुरु भएलगतै प्रहरीले हस्तक्षेप गरी प्रदर्शनकारीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेपछि गठबन्धनका कार्यकर्ताहरुले संयुक्त राष्ट्र संघलाई ज्ञापन पत्र बुझाउन पाएनन् ।

एक वर्षअघि पनि आजकै दिन काठमाडौंको विभिन्न स्थानबाट चार सयभन्दा अधिक मधेशीहरु पक्राउ परेका थिए ।

AIM-2 AIM-3 AIm-4 AIM-5 Aim-6 Aim-7

 

रंगभेदी गिरफ्तारीको एक वर्ष पुरा, मधेशीमाथिको दमनको वार्षिकी मनाईँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.