हुलाकी न्यूज, काठमाडौं १० मंसिर । गृहमन्त्रालयले मंगलबारदेखि मधेशका केही जिल्लाहरुमा विशेष सुरक्षा योजना लागु भएको घोषणा गरेको छ ।

जारी आन्दोलनलाई लक्षित गरी आन्दोलन चर्किएको मधेशका १३ वटा जिल्लामा विशेष सुरक्षा योजना लागु भएको घोषणा सरकारले गरिएको छ ।

तर अधिवक्ता दिपेन्द्र झा भन्छन्,‘मधेशमा विशेष सुरक्षा योजना नयाँ संविधान जारी भएदेखि नै लागु भएको छ । सरकारले घोषणा मात्र ढिलो गरेको हो ।’

अधिवक्ता झाले भने,‘मधेशका सहरहरु हेर्नुस्, विशेष सुरक्षा योजना पहिलेदेखि नै लागु भएको प्रष्ट देख्नु हुन्छ । कर्फयू, निषेधाज्ञा, घेरा हालेको जस्ता कार्य कयौं महिनादेखि हुँदै आएका छ । मान्छे पनि उतिकै मारिएको छ ।’

‘सरकारले विशेष सुरक्षा योजना लागु भएको घोषणा गर्नु कुनै नौलो कुरा होइन, पहिलेदेखि नै सरकारले मधेशमा रहेका मधेशी सुरक्षाकर्मीलाई पहाडमा तानेको छ ।’–झाले भने,‘सरकारले अव औपचारिकरुपमा द्धन्द्ध निम्त्याएको छ ।’

यसअघि पनि भीम रावल गृहमन्त्री छँदा विशेष सुरक्षा योजना लगाइ सयौं मधेशी युवाहरुको गैरन्यायिक हत्या गराइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.