
हुलाकी न्यूज,जनकपुरधाम :संक्रमणको जोखिम न्यूनीकरणका लागि भन्दै वैशाखदेखि बन्द भएको आन्तरिक हवाइ उडान असार १७ देखि सुरु हुने भएको छ।
सरकारले असार १७ गतेदेखि आन्तरिक उडान खुलाउने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १७ गतेदेखि उडान खोल्न दिने निर्णय गरेको हो।
मन्त्रालयका अनुसार आन्तरिक उडान खोल्दा कम्पनीहरूले यात्रु क्षमता ५० प्रतिशत बढी राख्न पाइने छ। सरकारले यही सोमबारको मन्त्रिपरिषदको बैठकबाट हवाई उडान खोल्ने निर्णय गरेको थियो।