राम नारायण पंडित, सिरहा, १० मंसिर । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले लहानमा रहेका सरकारी कार्यालयहरुमा मधेश सरकार लेखेका छन् । संविधानमा हक अधिकारको माँग गर्दै आन्दोलनरत मधेशी मोर्चाका कार्यकर्ताहरुले सिरहाको लहानमा रहेको सरकारी कार्यालयहरुको भिता र बोर्डहरुमा मधेश सरकार लेखेका हुन् ।

सिरहाको लहानमा रहेको नापी शाखा कार्यालय, विद्युत प्राधिकरण कार्यालय, मालपोत कार्यालय, आन्तिरिक राजस्व कार्यालय, सडक डिभिजन कार्यालय र अंचल यातायात कार्यालयलगायतका कार्यालयहरुमा मधेश सरकार लेखिएको छ ।

संविधानमा आफूहरुको हक अधिकार र पहिचान समावेश नगरेको भन्दै असन्तुष्ट पक्षले सुरु गरेको मधेश आन्दोलनको सय दिनभन्दा बढी भएपनि सरकारले मागको बेवास्ता गरेकोले नेपाल सरकार रहेको स्थानमा रातो रंगले मधेश सरकार लेखिएको मोर्चाले बताएको छ ।

मधेश सरकार लेख्ने अभियान लहानबाट सुरु भएपछि जिल्लाको अन्य ठाउँहरुमा पनि लगिने मोर्चाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.