वृजराज कुशवाहा, नवलपरासी १७ भदौ । राज्यले नै मधेशी–पहाडीबीच द्वन्द्व र्शीजना गरेको आरोप सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले लगाएका छन् ।

मधेशको भूमि पहाड मिलाउने काम अप्राकृतिक रहेको र मधेशी–पहाडी छुटाउने काम पनि अप्राकृतिक रहेको भन्दै महतोले यसरी समाज सदभाव विगारिएको बताए ।

‘मधेशी पहाडीको सदभाव बिगार्नका लागि आतुर रहेका शासकहरुद्वारा अहिले टिकापुर र भैरहवामा सदभाव र्याली गराईएको छ । सदभाव र्यालीको नाममा देशमा अहिले सामाजिक सद्भाव बिगार्ने काम गरिएको छ, त्यसैले हाम्रो माग हो, प्रदेश बनाउँदा मधेशी पहाडीलाई संगसंगै बस्न दिनुपर्छ र मधेशको भूमिलाई पहाडसँग गाभिनु हुदैन ।’ महतोले भने ।

नेकपा एमाओवादीका अध्यक्ष प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी ओली, कृष्ण प्रसाद सिटौला र शेर बहादुर देउवाजस्ता केही अतिवादी चिन्तनका शासकहरुले मधेशवादीले उठाएको संघीयताको मागले मधेशी पहाडी छुटाएको आरोप लगाउने गरी विक्रित संघीयता थोपार्ने काम गरेको आरोप लगाए ।

नवलपरासीको परासीमा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष महतोले सँगसँगै बसेका पहाडीले मधेशको पीडा बुझेको हुन्छ, संगसंगै बस्दै आएका पहाडी मधेशीलाई संगसंगै बस्नदिनुपर्छ भन्दै मधेश आन्दोलनमा पहाडीले पनि सहयोग गर्नुपर्ने आग्रहसमेत गरे ।

सरकारसँग वार्ता भई सहमति भईसेकेको मुद्दामा फेरि पनि वार्तामा आउ र सहमति गर भन्ने नाटक मञ्चनको तुक नभएको स्पष्ट पार्दै महतोले वार्तामा नजाने अडान दोहरयाए ।

राज्यले मधेश र थरुहटको आन्दोलनलाई हल्कारुपमा लिएकोले तीन ठूला राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एमाओवादीका प्रमुखलाई चेतावनी दिदै आन्दोलनलाई कम मूल्यांकन गरे राज्यले ठूलो नोक्सानी व्योहोर्नुपर्ने चेतावनी दिए । उनले भने, ‘मधेशको आन्दोलनलाई कम मूल्यांकन गरेर ठूला ३ दलका नेताहरुले भूल गरिरहेको छ, यो भूल राज्यका लागि महंगो पर्नसक्छ ।

आन्दोलनलाई दबाउने प्रयास गरे विनाश निम्त्याउंछ भन्दै “विनाश काले विपरित बुद्धि” को उक्ति चरितार्थ हुनेछ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.