हुलाकी न्यूज,जनकपुरधाम : जिल्ला प्रशासन कार्यालय धनुषाले उपलव्ध गराएको तथ्यांक अनुसार आइतवार सम्म धनुषामा कोराना संक्रमीतको संख्या ५४९ रहेकोमा सोमवार ७ थप भएको छ भने हाल सम्म सक्रिय संक्रमीतको संख्या ४४३ रहेको छ भने आज धनुषामा निको हुनेमा ११३ जना रहेको तथ्यांकले देखाएको छ ।
सोमवार ३७ जना ले पिसिआर परिक्षण गराएकोमा ७ जनाको रिर्पोट पोजेटिभ आएको तथ्यांकमा उल्लेख रहेको छ ।
धनुषामा संक्रमीत मध्ये ४०५ जना होम आइसोलेसनमा उपचार गराईरहेको छ भने समान्य उपचारमा रहेका संख्या २० रहेको छ ।
त्यस्तै आइसीयुमा उपचाररत संक्रमीतको संख्या १८ रहेको छ भने भेन्टिलेटरमा उपचार गराउने कोहि पनि नरहेको जनाइएको छ । धनुषामा हालसम्म कोरोनाका कारण मृत्यु भएको संख्या १०४ रहेको छ ।



