रंजन भण्डारी, जलेश्वर, १० मंसिर । नेपाल बार एशोसिएसन इकाई महोत्तरीले आउँदो २५ गते नेपाल बार एशोसिएसनको केन्द्रिय कार्यालयमा हुने निर्वाचनमा भाग नलिने निर्णय गरेको छ । मधेशमा प्रहरी दमन भइरहँदा पनि केन्द्र मौन बसेको भन्दै महोत्तरी इकाईले बारको केन्द्रिय निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको हो ।

इकाई अध्यक्ष विजय ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्ती जारी गर्दै बारले मधेश आन्दोलन तथा मधेशका मागहरुको सम्बोधन, आन्दोलनमा सरकार पक्षद्वारा मानव अधिकारको घोर उल्लंघन गरी निहत्था जनतालाई टाउको र छातीमा गोली हान्ने, त्रासको वातवरण सृजना गर्ने जस्ता क्रियाकलापको सम्बन्धमा नेपाल बार एशोसिएसन केन्द्रिय कार्यालयबाट कुनै प्रकारको विरोध, चासो वा पहल नगरी मौन बसेकोले विरोधस्वरुप निर्वाचनमा भाग नलिने प्रष्ट पारेको छ ।

Nepal bar association mahottari

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.