हुलाकी न्यूज, रुपन्देही । डा. सीके राउत नेतृत्वको जनमत पार्टी रुपन्देहीले पार्टीको केन्द्रीय समितिले मनोनित गरेका जिल्ला समन्वय समितिका पदाधिकारीको पदभार तथा सपथग्रहण एवं शुभकामना कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।

जनमत जिल्ला समन्वय समिति रुपन्देहीको अध्यक्षमा रामविष्णु सिंह लोध, उपाध्यक्षमा शम्भु प्रसाद यादव, सचिवमा कृष्ण कोहार, कोषाध्यक्षमा चन्द्रभुषण वर्मा (सागर) र सह–सचिवमा मनोनित ई. राघवेन्द्र पटेललाई सपथग्रहण गराइएको थियो।

त्यसैगरी, जिल्ला समितिबाट समेत मनोनित भएका कार्यकारिणी सदस्य, सदस्य, जनवर्गीय संगठनका पदाधिकारीहरु समेतलाई सपथग्रहण गराइएको थियो ।

जिल्ला समन्वय समितिमा मनोनित हुनेहरुमा – सह सचिवमा परदेशी केवट र धर्मेन्द्र गुप्ता, कार्यकारिणी सदस्य तथा अनुशासन समिती संयोजकमा बिनोद कुमार पासवान, त्यस्तै अन्य कार्यकारिणी सदस्यहरुमा अंगद गुप्ता, बिरेन्द्र लोध, बिजय यादव र सन्दीप गुप्ता मनोनित भए । त्यस्तै जिल्ला मनोनयन सदस्यहरुमा उमाशंकर कुर्मी(राकेश चौधरी), सुजित चौधरी, राज नारायण गिरी, सुदर्शन बिश्वकर्मा,ओम प्रकाश यादव, विमलावती हरिजन र सुन्दर यादव चयन भएका छन ।

त्यसैगरी जिल्लाका जनवर्गीय संगठन पदाधिकारीहरु मनोनयन हुनेमा,

> विद्यार्थी जनमत संघ -संयोजक -बद्री मौर्य,

> विद्यार्थी जनमत संघ – सहसंयोजक- गोपाल गुप्ता,

> युवा जनमत संघ -संयोजक – मोहम्मद उमर दर्जी,

> युवा जनमत संघ – सहसंयोजक – बिरेन्द्र गुप्ता

> युवा जनमत संघ -सचिव -रमेश लोध,

> इन्जिनियर जनमत संघ – संयोजक – अमर नाथ यादव,

> मुस्लिम जनमत संघ- संयोजक – अबले रहमत फकिर,

> किसान जनमत संघ – संयोजक – राधेश्याम मौर्य,

> किसान जनमत संघ-सहसचिव- मुकेश सहनी,

> चिकिसक जनमत संघ-संयोजक-अकबाल खान,

> महिला जनमत संघ-संयोजक- इन्द्रा शुक्ला,

> उद्योग व्यवसायी जनमत संघ-संयोजक- राजु जैसवाल,

> मधेस नेत्रित्व पुञ्ज-संयोजक-चन्द्र कुमार सिंह,

> बरिष्ठ नेतृत्व मण्डल- संयोजक-निधिलाल असान्त,

> कानुन विभाग-संयोजक-राम किसुन बरई,

> शिक्षक जनमत संघ-संयोजक- रामदेव यादव मनोनित भएका हुन ।

रुपन्देहीको मायादेवी गाउँपालिका–४, सुण्डीमा जिल्लाका निवर्तमान जिल्ला इन्चार्ज रामकेश गुप्ताको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा जनमत पार्टीका जिल्ला पदाधिकारीहरुलाई पार्टीका समाज कल्याण विभाग सचिव चन्द्रशेखर सोनारले पदभार तथा सपथग्रहण गराएका थिए ।

साथै प्रमुख अतिथी एवं केन्द्रिय सचिव भोपेन्द्र प्र. यादव, अतिथी एवं केन्द्रिय सदस्य तथा निवर्तमान जिल्ला इन्चार्ज रामकेश गुप्ता, अतिथी एवं केन्द्रिय सदस्य नेतृ निर्मला हरिजन, त्यस्तै केन्द्रिय विभागीय पदाधिकारीहरु विकास लोध, संजय मिश्रा, चन्द्रशेखर सोनार लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

सो कार्यक्रममा जिल्ला अनुशासन समितीका संयोजक बिनोद कुमार पासवानले संगठनमा अनुशासनको महत्व बारे बताउंदै जो कोहि ले अनुशासनको खिलाफ आचरण गरेको पाइएमा हुनसक्ने कारवाही बारे पनि उपस्थित जिल्ला नेता कार्यकर्ताहरुलाई सचेत गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.