परिष कुमार कर्ण, सप्तरी ९ मंसिर । नेपाल पत्रकार महासंघ सप्तरीले जिल्ला सदरमुकाम राजविराजमा विरोध र्याली निकालको छ । पत्रकार र नागरिकमाथि गरिएको प्रहरी दमनको विरोधमा महासंघले र्याली निकालेको हो ।

महासंघ सप्तरीको कार्यालयबाट निकालिएको र्याली नगरको विभिन्न भागको परिक्रमा गर्दै महासंघको कार्यालय अगाडि नै आई समापन भएको थियो । जुलुसमा सहभागी पत्रकारहरुले प्रहरी दमन बन्द गर, मधेशको माग सम्बोधन गर जस्ता नारा लगाएका छन् । महासंघका उपाध्यक्ष श्रवण कुमार देवको अगुवाईमा जुलुस निकालिएको महासंघ शाखा सप्तरीले जनाएको छ ।

मंसिर ६ गते सामाचार संकलन गर्न र तस्विर खिँच्न गएका पत्रकार महासंघ सप्तरीका सचिव ओमप्रकाश साह, पार्षद सतीशकुमार दत्त, ग्रीन मधेश दैनिकका परिष कर्ण र सी. एफएमका आशुतोष आनन्द सिंहलाई प्रहरीले लाठी प्रहार गरी घाईते बनाएको थियो भने विलोचन साप्ताहिक र नेहाअफसेट प्रेसमा समेत तोडफोड गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.