हुलाकी न्यूज, युएई ।  विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए), युएई ले सारजाहको सोनापुरमा क्षेत्रीय संगठन विस्तार गरेको छ ।

१८ जून शुक्रवारका दिन एनआरएमए-युएई का कोषाध्यक्ष सन्त साहको विशेेष अतिथ्यमा स्वास्थ्य सतर्कताको मापदण्ड पालना गरी बसेको बैठकद्वारा श्याम पासवानको अध्यतामा २८ सदस्यीय कार्यसमिती चयन गरेको छ ।

समितीको उपाध्यक्षमा विजय साह, उत्तिमलाल यादव र अरुण पाण्डेय चयन भए भने सचिवमा मनोज कुमार ठाकुर, सह सचिवमा अशोक कुमार पासवान र प्रेम कुमार साह, त्यस्तै कोषाध्यक्षमा रामदेव धानुक तथा सहकोषाध्यक्षमा विजय कुमार महतो चयन भए ।

त्यसैगरी सदस्यहरुमा अशोक मंडल, ठकर दास, रामकलेश सहनी, अजीत यादव, कलीम राइन, छोटेलाल पंडित, कमलेश पासवान, राजकुमार मुखिया, मोहम्मद सुल्तान, शंभू ठाकुर, रामकुमार भंडारी, सुशील साह, रामगुलाम साह, सुबोध साह कानू, दिनेश साह, गोविंद साह, ओम प्रकाश, मनीष कुमार सरदार, प्रमोद राम चयन भएका छन ।  त्यसैगरी कमिटीको प्रमुख सलाहकारमा एनआरएमए यूएई का अध्यक्ष संजय कुमार कर्ण तथा सलाहकारमा एनआरएमए युएईका कोषाध्यक्ष सन्त साह रहेका छन ।

सन २०१४ मा एनआरएमए -युएई को गठन पछि युएई का विभिन्न क्षेत्रमा जस्तै अबुधाबी, अजमान, अल ऐन, दुबई, डि. आई.पि., डि.आई. सि., जबेलअलि, सारजाह, रासअलखेमा र फुजेराहमा समेत विभिन्न क्षेत्रीय तथा इकाई संगठन विस्तार गरिसकेको एनआएमए युएई का अध्यक्ष ई. सञ्जय कर्णले जानकारी दिए ।

नवगठित क्षेत्रीय समिती लाई एनआरएमए युएईका अध्यक्ष सञ्जय कुमार कर्ण सहित सहअध्यक्ष मदन यादव, उपाध्यक्ष जगनारायण मण्डल, कोषाध्यक्ष संत साह एवं लीडरहरू अमितकुमार शर्मा, राम राउत,सुरेश यादव, सन्तोष ठाकुर, हरिदेव शर्मा, शम्भू महरा, सचिन पासवान, सुरेन्द्र कुमार यादव, रामचरण यादव लगायतले बधाई तथा शुभकामना दिएका थिए ।

जनमत पार्टीको भातृ संगठन गैर आवासीय मधेशी संघले प्रवासमा रहेका मधेशी समुदायलाई आपतविपतका समयमा सहयोग गर्ने, मधेश र मधेशीका हक अधिकारका बारेमा प्रशिक्षण दिने तथा मधेशका धार्मिक – सांस्कृतिक पर्व -तिहारमा कार्यक्रमहरु आयोजना गरि मधेशी समुदायलाई एकजुट गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.