हुलाकी न्यूज, जनकपुरधाम : प्रदेश नम्बर २ का प्रदेश प्रमुख राजेश झा अहिराजले जनकपुरका पुर्वमेयर राजदेव मिश्रलाई सम्मान गर्नु भएको छ ।
उहाको घरमै पुगेर झाले गम्छा ओडाएर सम्मान गर्नु भएको छ । केही दिन देखि बिरामी हुनु भएका मिश्र एक ईमान्दार जनप्रतिनिधिको रुपमा आफनो पहिचान बनाउनु भएको छ । केही घण्टा उहासंग बसेर भालाकुसारी समेत गर्नु भएको थियो ।
मिश्र जनकपुरमा वडा अध्यक्ष देखी मेयर सम्म बनेका थिए । पंचायतकाल देखी प्रजातन्त्र सम्मको यात्रामा मिश्रले आफ्नो छवि एक ईमान्दार नेताको रुपमा परिचय बनाएका थिए ।
मिश्रले जनकपुरको विकासको क्रममा आफुहरुले भोगेको चुनौती र समस्याको विषयमा जानकारी गराएका थिए । जनकपुरको सडक विस्तार गर्दा आफुलाई शाहीकालका मन्त्री कमल थापाले दिएको दवाव लगायत अहिलेको राजनितिकको विषयमा छलफल गर्नु भएको थियो ।
जनकपुर धार्मिक नगरी भएको कारणले यसको विकास समेत सोही अनुसारले हुनुपर्ने आफनो चाहना रहेको बताउदै आफुले कमै समय पदमा बसेपनि निष्ठापुर्वक जनताको सेवा गरेको बताए ।
उनले जनकपुरको विकास आफनो प्रमुख चाहना रहेको र परिक्रममा भित्र मदिरा र मासुको बिक्री तिवरण बन्द होस भन्ने चाहना रहेको बताए ।



