हुलाकी न्यूज, काठमाडौं, ९ मंसिर । मिथिलाञ्चलको प्रसिद्ध लोकपर्व सामाचकेवा बुधबार सम्पन्न भएको छ । दिदीबहिनी र दाजुभाईबीचको प्रेम र सदभाव दर्शाउने प्रसिद्ध लोकपर्व सामाचकेवा छठको भोलिपल्ट सुरु भई पूर्णिमासम्म नौ दिन मनाइन्छ ।

यस पर्वमा दिदीबहिनीले दाजुभाईको लामु आयु र सुस्वास्थ्य तथा प्रगतिको कामना गर्छन् ।

माटोको सामा, चकेवा, चुगलालगायतका प्रतिमाहरु बनाई गीत गाउँदै समूहमा सामाचकेवा खेलिन्छ र अन्तिम दिन जोतिएको खेतमा भसाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.