हुलाकी न्यूज, जनकपुरधाम : निरन्तन्वर्षाले पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजको १२ ढोका खुला गरिएको छ ।
मंगलबार बिहानदेखि परेको पानीले बाढीको तह बढेपछि १२ ढोका खुला गरिएको हो ।
अहिले कोशीमा पानीको बहाव ६१ हजार १४५ क्युसेक रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिएकाहुन् ।
उनले भने–‘पानीको बहाव बढिरहेको छ तर खतराको अवस्था छैन । नदी किनार आसपासको क्षेत्रमा हामीले निरन्तर अवलोकन गरिरहेका छौँ । अहिलेसम्म कोशीले खतराको तह पार गरेको छैन् ।’



